Sunday, June 5, 2011

ज्योतिषमा रत्न धारणसम्बन्धी जानकारी

 आजकल राशीको आधारमा रत्न धारण गर्ने चलन बढ्दो छ तर यसरी धारण गर्दा हानी पनि हुनसक्छ /त्यसैले रत्न धारण गर्नु अघि अनुभवी ज्योतिषीलाई  कुण्डली देखाएर बढी लाभ दिने रत्न लगाउनु राम्रो हुन्छ /कतिपय ज्योतिषीले व्यापारीको मिलोमतोमा अनेक रत्न दिने  पनि गर्छन /त्यसैले सच्चा  ज्योतिषीलाई देखाएर आवश्यकता पर्दा मात्र रत्न लगाउनु,अन्यथा पूजापाठ,जप र व्रत गरेर पनि ग्रह शान्ति गर्न  सकिन्छ /ज्योतिषीले रत्न दिंदा विशेषगरी निम्न कुराको विचार गर्नु राम्रो हुन्छ :
  1. लग्नेश,पंचमेश र नवमेशका रत्न लाभदायक हुन सक्छन /यसमा जन्म राशीश,जन्म राशिदेखि पाँचौं राशीश र नवौं राशीशका रत्न पनि प्रयोग गर्न सकिन्छ / 
  2. पंचमेश र नवमेश यदि छैटौं,आठौँ  वा बाह्रौं घरको पनि मालिक भएमा तिनको रत्न धारण नगर्नु ,यदि महा-   दशाकालमा भने धारण गर्न सकिन्छ /
  3. जन्म नक्षत्रदेखि महादशाको गणना गर्दा क्रमशः जन्म,सम्पत्,विपत,क्षेम,प्रत्यरी,साधक,वध,मित्र र अधिमित्र गरी नौवटा तारा हुन्छन / उक्त मध्ये लग्नेश,पंचमेश र नवमेश यदि विपत,प्रत्यरी वा  वध ताराको मालिक भएमा तिनको रत्न धारण नगर्नु /